
तामाङ चलचित्र संघमा आशमान
तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिवेशन हालै राजधानीमा सम्पन्न भएको छ। अधिवेशनबाट आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
अधिवेशनबाट अध्यक्ष वरिष्ठ उपाध्यक्षमा ध्रुव सिंह तामाङ, उपाध्यक्षमा अनिता नेगी तामाङ र राजकुमार मोक्तान, महासचिवमा दावा फिन्जो तामाङ, सचिवमा करण तामाङ, सह सचिवमा हिरोज लोप्चन तामाङ, कोषाध्यक्षमा सुस्मिता घलान, सह-कोषाअध्यक्षमा राखिन्द्रकुमार तामाङ तथा सदस्यमा कुमारी माया घलान, रिजन लामा, आइसिङ तामाङ, गंगा योञ्जन, बिना तामङ, अमर पाख्रिन तामाङ, श्याम माया तामाङ, रोशन तामाङ, सन्देश तामाङ, शान्ति कुमारी डिम्डुङ, मिङमार योञ्जन निर्वाचित भएका छन्।
source:News of Nepal