काठमाडौं- स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. प्रकाश क्षेत्रीलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. प्रकाशलाई यस बर्षको उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरिएको हो।
उक्त पुरस्कारको राशी १ लाख रूपैयाँ रहेको छ। उनले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै मन्त्रालयले उनलाई पुरस्कृत गरेको हो।
यस दिवसको अवसरमा अन्य चार जना स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ।
पुरस्कार पाउनेमा नारायणी अस्पताल वीरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य प्रशासक गजेन्द्र प्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सल्टेन्ट डा मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा पोमावती थापा छन्। उनीहरूलाई जनही ५० हजार रूपैयाँ र ताम्रपत्र पुरस्कार स्वरूप प्रदान गरिएको हो।
पुरस्कार छनोटको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगित कौशल मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।
काठमाडौं- स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. प्रकाश क्षेत्रीलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. प्रकाशलाई यस बर्षको उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कारको राशी १ लाख रूपैयाँ रहेको छ। उनले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै मन्त्रालयले
मुख्य खबर, विशेष
Health Post Nepal