ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आफ्नो दोस्रो वार्षिक  साधारणसभा सम्पन्न गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।

 

कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा मंगलबार (२३ पुष ) काठमाडौंमा सम्पन्न कम्पनीको  साधारण सभाले  ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको हो । त्यस्तै , सभाबाट संचालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् ।

सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र स.चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न संचालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ ।

यस कम्पनीले माग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यस आयोजना २०८२ को वैशाख  महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले जानकारी दिए।

The post ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित first appeared on Khabar Breaking.

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    २४ पुष , काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन , २०७९  उक्त निर्देशन संशोधन/परिमार्जन/थप गरेको छ । उक्त संशोधन मार्फत लघुवित्त…

    Read more

    व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही

    २४ पुष, काठमाडौं । दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा।डा। पदम बहादुर शाहीले बताउनु भएको छ । स्वदेशमा प्राविधिक जनशक्तिहरुको…

    Read more

    Leave a Reply

    You Missed

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

    आज बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६

    विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु ल्याउछ: उद्योग मन्त्री भण्डारी