टानका अध्यक्षमा सागर पाण्डे विजयी

१८ भदौ , काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । सोमबार (१७ भदौ ) भएको संघको अधिवेशनमा  अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्षमा विजयी भएका सागर पाण्डेलाई पार्टीगत रुपले माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो। त्यस्तै राजेन्द्र सापकोटा काङ्ग्रेस , एमालेका साझा उम्मेदवार थिए।

आज मंगलबार बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेका छन्।

गोरखा अस्राङका नवनिर्वाचित अध्यक्ष पाण्डे विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध छन् । उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापकसमेत हुन् ।

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भका छन् ।

त्यससँगै , सचिव पदमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । महिला सदस्यमा पवित्रा तामाङ, सदस्यमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ निर्वाचित भएका हुन् ।

विजयी भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पाण्डेले टानमा आबद्ध व्यवसायी र मजदुरका लागि ‘टान बृहद् अक्षयकोष’ निर्माण गर्ने बताए । उनले पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधान गर्ने बताए ।

The post टानका अध्यक्षमा सागर पाण्डे विजयी first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 6 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 7 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 7 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 7 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 11 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 8 views