
जसपाको घोषणापत्र सार्वजनिक
काठमाण्डौ ७्र बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले आज बुधवार चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा सन् २०३० सम्म लागू हुने गरी व्यावसायिक कृषिमा काम गर्ने व्यक्तिहरूको न्यूनतम तलब निर्धारण गर्ने उल्लेख गरिएको छ । यस्तै कामदारहरूको तलब तथा उद्यमीहरूको खुद नाफाको १० प्रतिशत रकममा सरकारले १० प्रतिशत थप गरी एकमुष्ट उपदान दिने व्यवस्था गरिने उल्लेख छ ।
कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखिने छ तराईमा कृषियोग्य जमिनको व्यापक उपयोग र पहाडमा फलफूल र पशुपालनको विकासमा जोड दिइने उल्लेख छ ।
यस्तै युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न र यस क्षेत्रको उत्पादकत्व बढाउन विभिन्न नीतिहरूलाई कार्यान्वयनमा ल्याइने घोषणापत्रमा लेखिएको छ ।