
जसपाको केन्द्रीय समिति बैठक आज पनि जारी
१३ माघ, वीरगञ्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । समसामायिक राजनीतिक लगायत विषयमा हिजोदेखि पर्साको वीरगञ्जस्थित एक होटलमा सुरु भएको बैठकमा छलफल भइरहेको छ ।
पार्टीका उपमहासचिव एवम् सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवका अनुसार बैठकमा विभिन्न राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष छलफल भइरहेको छ ।