जनमोर्चाका नेता एमालेमा प्रवेश

 

 

कैलाली, मंसिर २८ । राष्ट्रिय जनमोर्चाका कैलालीका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोरबहादुर विक नेकपा ९एमाले०मा प्रवेश गरेका छन् । विकलगायत ११ जनाले जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

एमाले कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द, पार्टी सचिव दानबहादुर विश्वकर्माले टीका खाँदा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट एमाले प्रवेश गर्नेमा उपाध्यक्ष बिक, जिल्ला कमिटी सदस्य बाजी विक, कैलारी गाउँपालिकाबाट गाउँ कमिटी सदस्यहरू टिकादेवी टमटा, मोतीसिंह टमटा, लक्ष्मी देवी विक, सन्त कोली र वीरबहादुर विक रहेका छन् ।

त्यस्तै बदैगोरीयाका बालकुमार स्वर्णबार, गौरीगंगाका जमुनादेवी सुनार र विकास विकले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा जिल्ला कमिटीका नेता, धनगढी नगर कमिटीका अध्यक्ष, कैलाली गाउँपालिका अध्यक्ष लगायतका नेताहरूको सहभागिता थियो ।

  • Related Posts

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    ७ पुष ,काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । आइतबार (६ पुष ) सिंहदरबारमा बसेको अर्थ…

    Read more

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    You Missed

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 7 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार