चार संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर ।

२९ पुस , काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा र परराष्ट्र मन्त्रालयको आ.व. २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक मध्यान्ह साढे १२ बस्दैछ । तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ ।

The post चार संसदीय समितिको बैठक बस्दै first appeared on Khabar Breaking.

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    फाइल तस्बिर । २९ पुस , काठमाडौं । साझा यातायातले रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा आवेदन माग गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पूर्ति गर्ने गरी साझाले सोमबार सिइओमा…

    Read more

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    २९ पुस, धनगढी । आज सोमबार (जिता पर्व) माघी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि सुरु हुने भएकाले आन्तरिक…

    Read more

    Leave a Reply

    You Missed

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

    आज तीनवटा संसदीय समितिको बैठक बस्दै

    पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली