

चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान
२७ माघ, काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार, निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन सक्नेछन् ।