१९ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नियमन बाहिर रहेको घरेलु श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न निश्चित गन्तव्य देशसग श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताउनु भएको छ ।
प्रतिनिधिसभामा मंगलबार प्रश्नोत्तर कार्यक्रममा श्रममन्त्री भण्डारीले श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताउनु भएको हो । अहिले संस्थागत रुपमा जोर्डन र साइप्रसमा संस्थागत रूपमा घरेलु श्रमिक गइरहेका छन् ।
उहाँले गन्तव्य मुलुकमा श्रम स्वीकृतिबाहेक जुनसुकै भिसाबाट पुगी गन्तव्य मुलुकमा काम गरिरहेको भए वैधानिकीकरण गर्ने काम भइरहेको बताउनु भएको छ ।
The post घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौंः श्रममन्त्री भण्डारी first appeared on Khabar Breaking.