गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले

 

सिन्धुपाल्चोक ४ फाल्गुन । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन् ।

लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि पार्टी परित्यागको घोषणा गरेका हुन् ।

यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी विभाजनको बेलामा १० बुँदे सहमतिको आधारमा एमालेमै बसेका थिए । उनले हालै सम्पन्न भएको जिल्ला महाधिवेशनपछि केन्द्रीय सदस्य शरेस नेपालले अपमान गरेको आरोप लगाएका छन्।

उनले एमाले छाडेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने आकलन गरिएको छ । यसअघि पूर्वसांसद सुवास कर्माचार्यसहित सयौं नेता कार्यकर्ताले एमाले छाडेर समाजवादीमा प्रवेश गरेका थिए । तर, उनले पार्टी परित्याग गर्दा कुन पार्टीमा जाने खुलाएका छैनन् ।

  • Related Posts

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    २ कार्तिक, काठमाडौं । गोकर्णमा Presentation of Creative Intelligence नामक १० दिने अन्तर्राष्ट्रिय कला क्याम्प आजबाट सुरु भएको छ। २०० जना सहभागी प्रतिनिधिहरू मध्ये १५० विदेशी र ५० नेपाली विद्यार्थी…

    Read more

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    २ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको…

    Read more

    You Missed

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    • By
    • October 18, 2024
    • 9 views

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    • By
    • October 18, 2024
    • 9 views

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 15 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 14 views