२९ कार्तिक, म्याग्दी । गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको गएराति निधन भएको छ । उहाँको उपचारका क्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा ६३ वर्षको उमेरमा निधन भएको हो ।
म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो । केही दिन अघि उहाँलाई डेङ्गी सङ्क्रमण भएको थियो । गौचनका छोरा अमेरिकाबाट फर्किएपछि मात्रै अन्त्येष्टि गरिने भएको छ ।
The post गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन first appeared on Khabar Breaking.