२४ साउन,काठमाडौँ । आफ्नो नवीन शैली र पहुँचका कारण प्रतिष्ठित टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा सो नियुक्तिको खुलासा भएको थियो ।
आकर्षक प्रस्तुतिको साथ शुरु भएको उक्त कार्यक्रमले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो भने यसको मुख्य आकर्षण टेक्नो नेपालका ब्रान्ड एम्बेसडरहरूको घोषणा रहेको थियो । कार्यक्रममा विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, र क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो ।
युवा र ऊर्जावान खेलाडीहरूका रूपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ” को भावलाई दर्शाउनेमा टेक्नो विश्वस्त रहेको बताइएको छ ।
टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ । हामी आशा गर्छौं कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउनेछ ।’
उक्त अवसरमा आरिफ शेखले भने, ‘म यो साझेदारी र यसले दर्शकहरूलाई संलग्न गराउने सम्भावनाहरूबाट उत्साहित छु । एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसँग मिलेको छ ।’
आसिफ शेखले थपे, ‘टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्णरूपमा मिल्दोजुल्दो रहेको छ । यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु । यसले मलाई फ्यानहरूसँग जोडिने अवसरहरू सिर्जना गर्नेछ ।’
टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘आरिफ शेख र आसिफ शेखलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा हामी हर्षित छौँ । क्रिकेट मैदानमा उनीहरूको असाधारण प्रदर्शन र युवाहरूलाई प्रेरणा दिने क्षमताले टेक्नोको अत्याधुनिक विशेषताहरू झल्काउँछ । टेक्नोको इन्नोभेसन प्रतिको समर्पण र जोशसँगै यस सहकार्यले हामीलाई युवा पुस्तासँग जोडिन मद्दत गर्नेछ ।’
टेक्नोको नेपालको सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको छ भने १०% बजार हिस्सा ओगटेको छ । टेक्नो नेपाल देशको पाँचौं शीर्ष ब्रान्ड हो । टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड हो । साथै टेक्नो नेपालमा लगानी गर्न, साझेदारहरू र खुद्रा बिक्रेताहरूका लागि उत्कृष्ट अवसरहरू प्रदान गर्न र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न समर्पित छ ।
यस रोमाञ्चक साझेदारीको साथ, टेक्नो नेपालले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने आफ्नो मिसन जारी राख्ने तयारी गरेको छ ।
The post क्रिकेट मिट्स टेक्नोलोजी : आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त first appeared on Khabar Breaking.