६ असार, काठमाडौं । नेपालको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा बदली रहने छ । कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
प्रदेशका केही स्थानका साथै मधेस प्रदेशको थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । यी प्रदेशका केही स्थानसहित लुम्बिनी प्रदेशको पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
The post कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना first appeared on Khabar Breaking.