
कुनै पनि हालतमा निर्वाचन सर्दैनः प्रचण्ड
काठमाडौँ ५ बैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन निर्धारित मिति ३० वैशाखमै हुने जानकारी दिएका छन । निर्वाचन सर्ने हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने बताए । उनले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताए ।
पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको उनले आरोप लगाए ।
‘हिजो संविधानविरोधी गतिविधि भयो । यसविरुद्ध हामी गठबन्धन आवद्ध दल लड्यो,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन र तालमेलका नाममा गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजिएको छ । विचार र सिद्धान्त नै फरक भएका दल, धर्मनिरपेक्षताको एजेण्डा बोकेका दल र हिजो संविधानविरोधी गतिविधि गरेका बीच गठबन्धन र तालमेल भएको छ ।’
सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा सहमतिमा उम्मेदवार उठाउने जानकारी दिँदै प्रचण्डले सोमबार नै बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।