काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

१७ मंसिर ,काठमाडौं । स्थानीय निकायका रिक्त ४१ स्थानमा हिजो भएको उपचुनावमा काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ।

पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो।रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे। तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे। एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो भए।

२०७९को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए।

काठमाडौं महानगरपालिका–१६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ। यस क्षेत्रबाट २०७९ सालको प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका थिए। उनी अहिले रास्वपाको निर्वाचन संयोजन समितिका संयोजक पनि हुन्।

स्थानीय तह उपनिर्वाचन २०८१ मा आज विहान ६ः२० सम्म प्राप्त नतिजा यस्तो छ: –

१, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी
२, झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी
३, गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी
४, महोत्तरीको रामगोपालपुर नगरपालिका२ मा एमालेका सकिवुल खाँ विजयी
५, दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी
६, गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब.मगर विजयी
७, रौतहटको इशनाथ नगरपालिका ७मा काँग्रेसका शेख अब्दुल खलिक विजयी
८, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका५ मा कांग्रेस मोती राम खत्री विजयी
९, जाजरकोटको कुशे गाउँपालिका७ मा कांग्रेसका खम्बबहादुर सिंह विजयी
१०, डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा विजयी
११, दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेसका धनसिंह कुँवर विजयी
१२, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा एमालेका गंगा तामाङ विजयी
१३, रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा कांग्रेसका भुपमणि पुन विजयी
१४, कालिकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाका खड्कराज शाही विजयी
१५, धनुषाधाम नगरपालिका१ मा माओवादी केन्द्रका शुनिल कापर केवट विजयी
१६, सुनसरीको गढी गाउँपालिका ६ मा काँग्रेसका तेतर साह विजयी
१७, बझाङको सुर्मा गाउँपालिका ४ मा काँग्रेसका धिरेन्द्र पुजारा विजयी
१८, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा काँग्रेसका अमिन चौधरी विजयी
१९, रौतहटको राजपुर नगरपालिका ६ मा कांग्रेसका समसे आलम विजयी
२०, सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका देवेन्द्र यादव विजयी
२१, तेह्रथुमको लालिगुँरास नगरपालिका ८ मा कांग्रेसका नगेन्द्र लिम्बु विजयी
२२, कञ्चनपुरको भीमदत्त नगरपालिका६ मा कांग्रेसका प्रकाश चन्द विजयी
२३, नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादीकाकृष्ण घिमिरे विजयी
२४, कीर्तिपुर नगरपालिका १ मा कांग्रेसका इच्छा कुमार महर्जन विजयी
२५, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमालेका मोहमद मुसलमान विजयी
२६, हेटौंडा उपमहानगरपालिका १२ मा काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी
२७, उदयपुरको त्रियुगा नगरपालिका १२ मा माओवादीका नवीन बान्तावा विजयी
२८, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्रकुमार साह विजयी
२९, रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एसका बजरंगी प्रसाद यादव विजयी
३०, काठमाण्डौ महानगरपालिका १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
३१, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी
३२, दैलेखको महाबु गाउँपालिकाको अभ्यक्षमा नेकपा (एमाले)का जंग बहादुर शाही विजयी।

The post काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी first appeared on Khabar Breaking.

  • Related Posts

    नेप्सेमा छायो स्थिरता

    २१ पुष , काठमाडौं । केहि दिन देखि धितोपत्र बजार (नेप्से ) मा  स्थिरता कायम भएको छ। आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको…

    Read more

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    काठमाडौं । धुम्बाराहीस्थित गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यही पुष १३ गते शनिबार सम्पन्न भएको संस्थाको साधारणसभाले कृष्ण बहादुर केसीको अध्यक्षतामा नयाँ संचालक समितिले…

    Read more

    Leave a Reply

    You Missed

    नेप्सेमा छायो स्थिरता

    • By
    • January 5, 2025
    • 0 views

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    • By
    • January 5, 2025
    • 0 views

    नेपाल राष्ट्रिय व्यवसायी महासंघमा मनोजबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • January 5, 2025
    • 6 views

    मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • January 5, 2025
    • 6 views

    काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने

    • By
    • January 5, 2025
    • 7 views

    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड

    • By
    • January 5, 2025
    • 7 views
    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड