![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
कांग्रेस संसदीय दलको बैठक बस्दै, यि – यि बिषयमा छलफल हुदैं
१३ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दैछ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने र बैठक दुई दिन चल्ने छ ।
का अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि छलफल गर्ने घिमिरेले जानकारी दिनु भयो ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नु भएको छ ।