काठमाडौं २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी निर्माणमा सहयोग गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै उनले देउवालाई श्रेय दिएका हुन्। जनता समाजवादी पार्टीसँग विभाजन भएको महन्थपक्षलाई नयाँ पार्टी गठन गर्न देउवा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। केन्द्रीय सदस्य र सांसदमा २० प्रतिशत भएमा दल विभाजन हुनसक्ने व्यवस्था विधेयकबाट गरेपछि महन्थ पक्षले नयाँ पार्टी गठन गरेको थियो।
उपेन्द्र यादवसँग पार्टी एकता गरेका उनीहरु केपी शर्मा ओली सरकारमा गएपछि विवाद आएको थियो। ओली सरकारलाई सर्मथन नगर्ने र गर्ने विवाद हुँदा महन्थपक्ष सरकारमा सहभागी भएका थिए।