ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

ओरियण्टल होटल्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही असोज २० गते बिहीबार ललितपुरको जावलाखेलस्थित  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाले संचालक समितिले  प्रस्ताव गरेको कम्पनीको चुक्ता पूँजीको  ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले समीक्षा आर्थिक बर्ष २०८०/०८१ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन,  वासलात,  नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धि टिप्पणीहरूसमेत पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा यस होटलको कूल बिक्री रु. १२१.६७ करोड रुपैयाँ रहेको र कूल सञ्चालन खर्च ९६.७० करोड रहेको कम्पनीले जनाएको छ ।

सो अवधिमा २४.९७ करोड सञ्चालन नाफा गरेको कम्पनीले सम्पूर्ण खर्चहरू कट्टा गरि खुद नाफा १२.४० करोड भएको छ । जबकि कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नाफा १८.४६ करोड रुपैयाँ मात्रै नाफा गरेको थियो ।

अघिल्लो बर्षको नाफामा असाधारण आम्दानी समेत रहेकोले सो लाई हटाई तुलना गर्ने हो भने होटलको बिक्री र नाफामा बृद्धि भएको देखिन्छ । त्यस्तै, कम्पनीले निर्माण गरेको नयाँ भवन यसै बर्ष पूरा भई सञ्चालनमा आउने बताइएको छ । नयाँ भवन सञ्चालनमा आएसँगै आम्दानी बढ्ने कम्पनीले जनाएको छ ।

यसैगरी, पुरानो भवनको तेस्रो, चौथो र पाँचौँ तल्ला पुनः निर्माण गरि आधुनिक बनाउने कार्य सुरु भएको कम्पनीले जनाएको छ । आगामी दिनमा पर्यटन आगमन बृद्धि हुने प्रक्षेपण गरिएको हुनाले उत्साहित भएको कम्पनीले जनाएको छ ।

The post ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views