ओमाइक्रोन डेल्टा भन्दा धेरै छिटो फैलिरहेको छ, कृपया होसियार । डब्ल्यु एच ओ-का प्रमुख डा. टेड्रोस अधनाम घेब्रेयससले कोभिड-१९ को ओमाइक्रोन भेरिएन्टको संक्रमण बढ्दो डरले गर्दा विश्वका मानिसहरूलाई आफ्नो क्रिसमसको होलिडे योजना रद्द गर्न आग्रह गरेका छन्।कोरोना भाइरस धेरैनै छिटो सर्ने प्रमाणहरु देखिएको र अहिले अमेरिकामा ओमाइक्रोन डेल्टा भन्दा धेरै छिटो फैलिरहेको छ।
डा. टेड्रोसको टिप्पणी फ्रान्स र जर्मनीलगायत विभिन्न देशहरूले कोभिड प्रतिबन्धलाई कडा बनाएका छन् र नयाँ विविधताको प्रसार रोक्न यात्रा रोक लगाएका छन्। नेदरल्याण्डले क्रिसमसको समयमा कडा बन्दोबस्त गरेको छ।
अमेरिकाको ह्वाइट हाउसले सोमबारको दिन राष्ट्रपति जो बिडेनले “देशलाई बन्द गर्ने” योजना बनाएको छैन भनी बताउनु भएको थियो ।
अमेरिकी सरकारले बन्द गर्ने कुनै प्रोग्राम नभए पनि हामी अमेरिकाखबरडटकम तपाई हरु होसियार रहेर सरसफाई गरि कोभिड बाट बच्न आग्रह गर्दछौ ।