

एमाले र कांग्रेस परित्याग गरी वडाअध्यक्षसहित ८६ जना माओवादी केन्द्रमा प्रवेश
दोलख २३ माघ । एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार दोलखाको जिरी नगरपालिका वडा नं ८ वडा कमिटीद्वारा रामबोलमा आयोजित कार्यक्रममा एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका युवा नेता तथा वाग्मती प्रदेशमा वन तथा वातावरण मन्त्री विशाल खड्काले टिका लगाएर उनीहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । माओवादी वडा कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले अहिलेको प्रतिकुल परिस्थितिमा देशलाई निकाश दिने पार्टी नै माओवादी केन्द्र भएको बताए ।
एमालेबाट निर्वाचित जिरी नगरपालिका वडा नं ८ का कार्यवाहक वडाअध्यक्ष पेमादोर्जी शेर्पाले भने, ‘एमालेले जनताको मर्म बुझ्न सकेन् । त्यस कारण हामी एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गर्दछु । किन कि माओवादी केन्द्रले जनताको भावना, मर्म मात्र होइन् । देशलाई निकाश पनि दिँदै आएको छ । त्यसैले म लगायत एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्र प्रवेश गरेका छौँ । जसमा युवा, महिला, विद्यार्थी र किसान पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।’
कार्यक्रममा माओवादी केन्द्रका युवा नेता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, केन्द्रीय सदस्य नविन जिरेल, प्रदेश कमिटी सदस्य डि।एन शेर्पा,बैतेशोर गाउँपालिका पार्टी अध्यक्ष भिमबहादुर श्रेष्ठ,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य रोशन खड्का, अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य पुष्कर अधिकारी,मन्त्री खड्काका सचिवालय सदस्य मनोज पाण्डे,सदस्य प्रशान्त कार्की सहभागी थिए ।