
एमाले अध्यक्ष केपी ओलीले ल्याए राजनीतिमा ठूलै तरंग
काठमाडौं १४ साउन। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले राजनीतिमा ठूलै तरंग ल्याएका छन । उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने बताएका छन । देशलाई जोगाउन र अगाडि बढाउन एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी उनले गरे । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो दाबी गरेक हुन ।
ओलीले भने, ‘‘सत्तारुढ दलका नेताले स्वार्थका लागि काम गरेपछि देश बर्बाद हुन्छ। यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनु नै हो। जसबाट मात्रै देश बन्नसक्छ।’’
ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने भनाइ पटकपटक दोहोयाए । त्यसैगरी उनले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराए । उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागीता गराएको विषय छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन पार्टीलाई स्वीकार्य नभएकोसमेत प्रष्ट पारे ।