
एमालेले शानदार बहुमत सहित जित्ने देशव्यापी रूपमा जनलहर
रामप्रसाद रिजाल । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण राजकीय औपचारिक अनौपचारिक या अरू कुन स्तरको हो भन्ने खुलाइएन । नेकपा एमालेले चुनाव जित्ने भो भन्दै केही समययता देउवा जताततै अतालिदै हिँडिरहेका छन् । देउवा आफ्नै पार्टीको केन्द्रीय समितिको बैठकमा पनि एमालेसँग एक्लै त के गठबन्धन गर्दा पनि नजितिने भो भन्दै बैठकमा रोए पछि कांग्रेसका अन्य नेताहरूले देउवाको आशु नै पुछ्नुपर्यो । तीनै तह स्थानीय प्रदेश र केन्द्र मा एमालेले शानदार बहुमत सहित जित्ने देशव्यापी रूपमा जनलहर र राजनेता केपी बाको क्रेज देखे पछी देउवा रातभर नै निदाउन सकेका छैनन् । ५ दलीय गठबन्धनले चुनावमा एमालेसँग नराम्रो हार ब्योहोर्ने पक्का भएपछि गठबन्धनको अघोषित पार्टनर खोज्न देउवा मोदीलाई भेटन नया दिल्ली गएका त होइनन ? भन्ने प्रश्न समेत उब्जिएको छ ।
एमालेलाई कांग्रेस र गठबन्धनले चुनाब जित्न सक्दैनन किनभने एमालेले कांग्रेस र गठबन्धनलाई धुलो चटाईदिन्छ भन्ने कुरा जगजाहेर छ । एकदमै गम्भीर रुपमा ध्यान दिनुपर्ने कुरा के हो रु भने भारत भ्रमण जानु अगाढी देउवाले प्रचण्ड, माधव, मोहनविक्रमसँग गठबन्धन गर्ने घोषणा गरे । कसै गरी पनि एमालेलाई जित्न नसक्ने देउवाले घोषणा समेत गरे । लिपुलेक कालापानीको देउवाले उच्चारण नगर्नु सिमा विवाद मात्र भन्नु संयुक्त पत्रकार सम्मेलन मा भारतीय प्रधानमन्त्री मोदीले सिमा बिवाद बारे केही नबोल्नु देउवाको भनाई नक्कली हो भन्ने स्पष्ट हुन्छ । मनमोहन अधिकारीको सरकारले सबै भन्दा पहिले सन् १९५० को सन्धी फेर्नुपर्ने कुरा उठाएको थियो । देउवाले सो सन्धीबारे बोलेनन् अर्थात देउवा सरकारको भ्रमणको उद्देश्य राष्ट्रिय स्वाभिमान र देशहित विपरीत छ ।
कालापानी लिपुलेक समेटेर नेपालको सार्वभौम संसदले प्रस्ताव पारित गरेर नयाँ नक्सा समेत जारी गरेको छ । संसदले समेत उच्च प्राथमिकता राखेको नेपालको मानचित्रमा समेत परिसकेको लिपुलेक र काला पानी उच्चारण नगरी सिमा समस्या बारे कुरा गरे भन्नु देश र जनता प्रति देउवाको गल्ति गरे । देउवाले षड्यन्त्रमुलुक ढंगले भारत भ्रमण गरेको उनको गतिविधिले नै स्पष्ट पारेको छ । देउवाको भ्रमणको बेला भारतको राजधानी नयाँदिल्ली स्थित नेपालको राजदुतावासबाट चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखियो देउवाको भ्रमण भित्रको नीति नियत र दाउपेच बुझ्न यो एउटा प्रकरण काफी छ ।
देउवाको भ्रमण रहस्यमय किन बन्यो भने देउवाले लिखितममा केही पनि गरेनन् बकितममा भने धेरै कुरा गरे । नेपाली कांग्रेस तथा शेरबहादुर देउवा नाकाबन्दीको बेला नाकावन्दी शब्द उच्चारण भएको थिएन् । अहिले कालापानी लिपुलेक पनि उच्चारण भएन कांग्रेसले खास–खास बेलामा खास शब्द उच्चारण गर्दैन । कालापानी लिपुलेक पनि कांग्रेस र देउवाको मुखबाट सुन्न नपाईने भयो । गठबन्धन र देउवा सरकारले भत्काएको परराष्ट« नीति चुनावबाट जनादेशले मात्र सच्चयाउन सक्छ । रिजाल एमालेका युवा नेता हुन्