
एमालेको पक्षमा रिजालले दिए खरो अभिब्यक्ति
काठमाडौं २९ पुस । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले नेकपा एमाले जस्तो राम्रो पार्टी नेपालमा अरु पार्टी नभएको दाबी गरेका छन । उनले देशको बिकास गर्न एमाले पार्टी नै सरकारमा आउनु पर्ने बताए ।
बर्तमान गठबन्धन सरकार सबै कुरामा असफल हुदै गएको र यो सरकारबाट जनताले बढी आश गर्नु बेकार भएको उनले बताए । ने्कपा एकिकृत समाजवादी पार्टी आउँदो चुनाव सम्म कमजोर बन्ने उनको भनाई छ । उनले समाजवादीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई भ्रममा नपरि एमालेमा आउन अनुरोध गरेका छन । देश बनाउने संकल्प एमाले पार्टी बाहेक अरु पार्टीमा नभएको उनको भनाई छ ।
उनले दिनौं अरु पार्टी बाट एमाले प्रबेश गर्नेको लहर चलिरहेकोले आगामी निर्वाचनमा एमालेको बहुमत आउने ठोकुवा गरे । पाँच दलीय गठबन्धन मिलेर चुनावमा आए पनि एमालेलाई बहुमत लिनबाट कसैले रोक्न नसक्ने उनले बताए । देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने एकमात्र पार्टी एमाले भएको उनले बताए । बिगतमा ओली नेतृत्वको सरकारले धेरै लोकप्रिय काम गरेको र त्यसैको आधारमा जनताले फेरि एमालेलाई बहुमत दिने कुरा उनले दोहोयाए ।