![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
एमालेका सचिव रायमाझीले दिए गृह जिल्ला अर्घाखाँची पुगेर यस्तो कडा प्रतिक्रिया
अर्घाखाँची १५ माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गृह जिल्ला अर्घाखाँची पुगेर सत्ताधारीहरूलाई कडा प्रतिक्रिया दिएका छन । उनले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गरे । उनले आगामी निर्वाचनमा एमाले बहुमतमा आउने दाबी गरे । देश भरी एमालेको पक्षमा जनलहर आइरहेको उनले बताए । गठबन्धनले एमालेलाई कुनै अससर नगरेको बताउदै उनले एमाले एक्लै चुनावमा भिडने बताए ।
‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ रायमाझीले भने, देश एमालेले नै रुपान्तरण गर्छ ।’रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराएका थिए ।