एमालेका सचिव रायमाझीले दिए प्रश्न भुँइमा खस्न नपाउँदै  यस्तो कडा प्रतिक्रिया !

 

 

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीभित्र अबको पूर्वमाओवादी, को एमाले भनेर कित्ताकाँट गर्न नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “अब हामी माओवादी रहेनौं । त्यो इतिहासको कुरा हो । एमाले र माओवादी मिलाएर नेकपा बनायौं । नेपा एमाले नेकपाकै निरन्तरता हो । अब पाटीभित्र को माओवादी, को एमाले भनेर कित्ताकाँट गर्ने कुरा आउँदैन ।”
आफूहरु मुलुक र पार्टीको आवश्यकता अनुसार केपी शर्मा ओलीको नेतृत्वलाई मानेर अघि बढेको उनले बताए । रायमाझीले थपे, “हामी पद होइन, मुलुक र जनतालाई सर्वोपरि मान्छौं । राजनीतिमा लाग्ने सबैले पद पाउँछन् भन्ने होइन, तर ओली देश र जनताको आवश्यकता अनुसार छानिएको नेता हो । हामी सबै उहाँलाई नेता मानेर अघि बढेका हौं । अब प्रतिस्पर्धा वा सहमतिमा पाएको जिम्मेवारी पूरा गर्छौं ।”
एमालेमा आन्तरिक जनवाद निमिट्यान्न नहुने पनि उनले बताए । उनले भने, “पार्टीभित्र आन्तरिक जनवाद हुन्छ । कसैले जित्छ, कसैले हार्छ । जित्ने महान्, हार्ने पत्तासाफ हुने भन्ने कुरा आउँदैन । संख्याभन्दा आकांक्षी बढी भएपछि चुनाव भएको हो । जित्नेले नेतृत्व लिने र हार्नेले सहयोग गर्ने हो ।”
उनले एमाले नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति र मूलधार भएकाले सबै कम्युनिस्ट घटक यसमा समेटिने जिकिर गरे । उनले भने, “प्रचण्ड, माधव नेपाल लगायत कतिपय साथीहरु चोइटिएर जानुभयो । घर परिवारको पार्टी खोले पनि आठदस जना मान्छे हुन्छन् । पार्टी विभाजन भयो, अब एकता नहोला भन्न सकिँदैन ।”

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 9 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views