काठमाडौं २५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसअघि एमालेकै भोटले जितेका व्यक्तिहरुले बेईमानी गरेको र पार्टीलाई बिगार्न खोजिएको बताएका छन । उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनका साथै अन्य निर्वाचनमा जीतको लक्ष्यका साथ तयारी गर्न निर्देशन दिए ।
उनले मुलुकबाट अस्थिरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको बिकल्प नभएको दोहयाएका छन् ।
शनिबारबाट भक्तपुरमा सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनमत प्राप्त सरकारलाई हटाएर मुलुकमा अस्थिरता र अराजकता पैदा गर्न खोजिएको भन्दै ताजा जनादेशको बिकल्प नभएको बताएका हुन् ।
उनले स्वार्थमा नभएर विचारमा संगठित भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । एमालेको विजयीलाई सुनिश्चित बनाउनका लागि एकीकृत भएर जनतामाझ जार्नुपर्ने र यसका लागि कुनै मोर्चाबन्दीको आवश्यकता नरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले जनताका लागि गर्नैपर्ने बिभिन्न कामहरुको सूची वनाएर नै परिचालन हुन निर्देशन दिए ।