
एमसीसी देशको हितमा छैनः शर्मा
काठमाण्डौं पुष ९ । नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक बिष्णु प्रसाद शर्माले एमसीसी देशको हितमा नभएकोले पास गर्न नहुने बताएका छन । आज खबर ब्रेकिङ संग कुरा गदै उनले यस्तो बताएका हुन ।
उनले भने, ”एमसीसी देशको हितमा छैन । यो पास गर्नु हुदैन । जनताको यति ठूलो बिरोध हुँदा हुँदै पनि सरकारले एमसीसी पास गरे मुर्खता हुनेछ ।” केही स्वार्थी नेताका लागी एमसीसी फाइदा होला तर देश र जनताका लागी कुनै फाइदा नहुने उनले बताए ।
बिदेशीको इसरामा चलेर देशको अस्तित्व मेटन नहुने उनले बताए । राजनीतिक दल र तिनका नेताहरुले देश मात्र लुटेको जनताको पक्षमा कुनै काम नगरेको शर्माको भनाई छ ।
उनले नेताहरु मिलेर धर्म, इतिहास, परम्परा ध्वस्त पारेको बताए । अब देश भक्त नेपाली जनता एक भएर अघि बढनु पर्ने उनको भनाई छ ।
एमसीसीका बिरोधमा सडकमा दिनौं नारा जुलुश भइरहेको बताउँदै उनले प्रर्दशनकारी माथि प्रहरीको हस्तक्षेप हुनु दुखद पक्ष भएको बताए । उनले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिन खवरदारी गरिरहनु पर्ने बताए ।