एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार

१५ कार्तिक , काठमाडौं । एभिन्युज टेलिभिजनले आयोजना गरेको दुईदिने देउसी भैलो प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । एभि न्युज टेलिभिजनले उक्त कार्यक्रम आफ्नै प्राङ्गणमा सम्पन्न गरेको हो । देशभरी बाट विभिन्न भेष भुसामा सजिएका विभिन्न समुहहरुको प्रस्तुतिले कार्यक्रम मनमोहक देखिन्थ्यो ।

उक्त कार्यक्रममा देखिएका विभिन्न किसिमका पहिरन र बाजागाजा तथा फुलमालाले पनि त्यहाँकोदृश्य आकर्षण देखिन्थ्यो । कलाकारहरुको दमदार प्रस्तुतिले दर्शकहरुलाई मंत्रमुग्ध बनाएको थियो । बरिष्ठ गायक तथा सर्जक त्रीलोचन भट्टराई, बम बहादुर कार्की र प्रकास सायमीले मुल्यांकन कर्ताको भुमिकामा दुधको दुध र पानीको पानी बनाउने कार्यमा तल्लिन थिए । मुल्यांकनकर्ताको तर्फबाट बोल्दै बम बहादुर कार्किले यो कुर्सी मलामी घटाउने थलो भएतापनी हाम्रो हरप्रयास गरी यहाँहरुलाई सन्तुष्ट पार्नेछौ भनी आफ्नो राय प्रस्तुत गरेका थिए ।गरेक सल्यानी कलाकार समूह गायक तथा मादल बाधक खर्क बहादुर बुढा, लिलावती बुढा, उदिराम खड्का, सुसिला बुढा मगर लगायतको कलाकार समूह प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो ।

अर्घाखाँची देउसी-भैलो समुहले दोश्रो स्थानको उपाधी हात पारेको हो। अन्य धेरै समूह आलोचनाको भारी बोकिरहँदा उक्त समुहलाई मुल्यांकन कर्ताको तर्फबाट आलोचना गर्ने ठाउँ नै नभेटिएको निर्णायक मण्डलको भनाइ रहेको थियो कतै केही भेटिन्छ कि भन्दै खोज्दै जादा ४ जनाले टोपी नलगाएको भन्दै बम बहादुर कार्किले मजाक गर्दा अर्घाखाँचीका कलाकार खुशीले गदगद भएका थिए। श्रोता दीर्घ बाट भने हुटिङ्ग र तालिको गडगडाहट्ले माहोल रोमान्चक देखिन्थ्यो ।

मिन्छा या एयम केलांग समूह काठमाडौं तेश्रो स्थान हासिल गर्न सफल समूह हो । उक्त समुहको प्रस्तुती पनि कम धमकेदार थिएन । उत्साहित मुद्रामा आफ्नो अनुभव ब्याक्त गर्दै खुशी साटासाट गरेको दृश्य हाम्रो क्यामेरा प्रसन प्रबिना पोखरेलले क्यामेरामा कैद गर्न हतरिएकी थिईन। कार्यक्रम आयोजकले कला सस्कृतिको जगेर्ना गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो भनी आफ्नो राय ब्याक्त गर्दै पुरस्कृत समुहलाई बधाई तथा सुभकामना ब्याक्त गरेका थिए । पुरस्कारको राशि क्रमश:
प्रथम= १,११,१११/- ,
द्वितीय = ५५,५५५/-
तृतीय =३३,३३३/-
नगदका साथै प्रमाणपत्र बितरण गरिएको थियो । अन्य सहभागी टिमलाई पनि सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो। निर्णायकहरुको तर्फबाट पुरस्कृत अर्घाखांचिकी कमला भुसाल द्वारा नेतृत्व र निर्देसित गरिएको श्रीजनासिल महिला नौमती बाजा समूह चन्द्रागिरीलाई रु ११,१११/- प्रोत्साहन पुरस्कार स्वरूप प्रदान गरिएको थियो।

The post एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार first appeared on Khabar Breaking.

  • Related Posts

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    २१ कार्तिक ,काठमाडौं।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देश बीचको सम्बन्धमा सन्तुलित दृष्टिकोण राख्नु अत्यन्त महत्त्वपूर्ण हुनेमा  ‘राष्ट्रिय एकता अभियान’ ले जोड दिएको छ। प्रधानमन्त्रीको यो…

    Read more

    अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

    २१ कार्तिक , काठमाडौं ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन्। मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएपछि विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिन…

    Read more

    Leave a Reply

    You Missed

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 8 views

    अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

    • By
    • November 6, 2024
    • 10 views

    अमेरिकी राष्ट्रपतिको निर्वाचन: प्रारम्भिक मतपरिणाममा ट्रम्प अगाडि

    • By
    • November 6, 2024
    • 8 views

    Profile and Interviews: Toy Blast – 3Damy-3dangers-brick 50s P

    महासंघ अध्यक्ष ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित

    • By
    • November 5, 2024
    • 10 views

    सरकारी कार्यालय आजदेखी बेलुका ४ बजे बन्द हुने

    • By
    • November 5, 2024
    • 10 views