एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै

 

 

काठमाडौं ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक बस्दै छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताउँदै आएका छन्।

बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीबारे स्थायी समितिको बैठक बसेर आधिकारिक धारणा बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागेका थिए। व्याक्तिगत रुपमा अध्यक्ष नेपाल एमसीसीबारे नकरात्मक नरहेपनि उनको पार्टीका अन्य नेताहरु यथास्थितीमा अनुमोदन गर्न नहुने पक्षमा छन्।

सो पार्टीका सम्मानित नेता झलनाथ खनाल एमसीसी कुनैपनि हालतमा अनुमोदन गर्न नहुने पक्षमा छन्। खनालको कारणपनि हध्यक्ष नेपाल दवावमा छन्। प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई एमसीसीबारे छिटो निर्णय गर्न आग्रह गरेका छन्।
दाहाल र नेपालले नमाने नेकपा एमालेसँग सहकार्य गरी संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी प्रधानमन्त्री देउवाले गरेका छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बिहीबार बेलुकी एमसीसी अनुमोदन गर्नेबारे छलफल भएको थियो। प्रधानमन्त्री देउवा ओलीलाई भेटन पत्नी आरजुलाई लिएर बालकोट गएका थिए। स्थायी समिति बैठक ११ बजेलाई तय भएको छ।

  • Related Posts

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    २ कार्तिक, काठमाडौं । आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो ।…

    Read more

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    २ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ । सर्वसाधारण…

    Read more

    You Missed

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 11 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 14 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 11 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views