१२ भाद्र, काठमाडौँ । एकीकृत समाजवादीको पदाधिकारीतर्फको मतगणना सकिएको छ । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् । नेत्री रामकुमारी झाक्रीलाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन ।
नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती राई १९९ मतका साथ विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाक्री १२ मत मात्र प्राप्त गरी पराजित भइन् । मत परिणामको आधिकारिक घोषणा हुन भने बाँकी नै छ ।
The post एकीकृत समाजवादीको उपाध्यक्षमा जयन्ती राई निर्वाचित first appeared on Khabar Breaking.