
उपेन्द्र यादवले फेरी उठाए संविधान संशोधनको मुद्धा
काठमाडौं पुष १२। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले फेरी संविधान संशोधनको मुद्धा उठाएका छन । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान संशोधनगर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा जारी माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विगतमा भएका गल्तीलाई सच्याउनु पर्छ । त्यसको अनुभुति जनताले पाउनु पर्छ’, यादवले भने, ‘देशका आधा जनताले संविधान बन्दा बत्ति बालेका थिएनन् । बत्ती बाल्नेको मात्र होइन सबैको संविधान हुने गरी सहमतिमा संविधान संशोधन गरौं ।’
निकासको थलो रहेको संसद् विपक्षी एमालेले अवरुद्ध गरेको भन्दै असन्तुष्ट पोखेका छन् । ‘माधव नेपाललाई देखाएर संसद अवरुद्ध गरेर हुँदैन’, एमाले शंकर पोखरेलप्रति लक्षित गर्दै उनले भने, ‘अवरुद्ध गर्ने पनि यहीँ हुनुहुन्छ । माधव नेपाल पनि यही हुनुहुन्छ । सबै मिलेर नयाँ समाजको निर्माणमा लागौं। गणतन्त्रको विकल्प छैन । गणतन्त्रबाट नै सबैको समस्या समाधान खोज्नुपर्छ ।’
माओवादी युद्ध र मधेश आन्दोलनबाट गणतन्त्र स्थापना भएको दावी गर्दै यादवले समावेशी, उत्पीडित, अल्पसंख्यक, उत्पीडित समूदायको समस्या समाधान नभए मुलुकले निकास नपाउने दाबी गरेका छन् ।