काठमाण्डौं पुष ९ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज भब्य भाषण गरेका छन । बोलेको आधा घण्टामै उनको भाषण भाइरल बन्यो । उनले सरकार आफैँले लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको बताएका छन ।
अध्यक्ष यादवले तराई, मधेशका नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नागरिकतासम्बन्धी ऐन अझै बन्न नसकेको स्मरण गराए । अध्यक्ष यादवले संघीयताको कार्यान्वयन समेत इमान्दार ढंगले नभएको बताए ।
‘संविधानमा एसो पल्टाउँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । तर संघीयताको कार्यान्वयन गर्न अहिलेसम्म संघीय निजामती ऐनसमेत बनाउन सकेका छैनौँ । नेपालमा आमा पनि जन्मसिद्ध नागरिक, पिता पनि जन्मसिद्ध नागरिक तर तीनका सन्तानलाई अझैसम्म नागरिकता दिइएको छैन । लाखौंलाख नागरिकलाई नागरिकताबाट सरकारले नै बञ्चित गरेको छ । मतदान गर्न दिएको छैन ।’
अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐन समेत आउन नसकेको गुनासो गरे ।