२८ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किनु भएको छ । मन्त्री भण्डारीले २३ गते बिमिस्टेक सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा उहाँले बिमिस्टेकले भू(परिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम एवं प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गर्नु भएको थियो ।
The post उद्योग मन्त्री भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता first appeared on Khabar Breaking.