ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनिहरुको लगानीमा उचित प्रतिफल दिन कम्पनी सदैव समर्पित भएर काम गरिरहेको जनाएको छ।

कम्पनीका अध्यक्ष श्रीमति सुमित्रादेवी न्यौपानेको सभापतित्वमा बुधबार ( २४ पुष , २०८१) काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। सभाले कम्पनीको समीक्षा आ.व. को लेखापरीक्षण प्रतिवेदन पनि अनुमोदन गरेको छ ।

समीक्षा आर्थिक वर्षमा जम्मा शेयर पूँजी रु. ६० करोड रहेको कम्पनीले यस वर्ष विद्युत बिक्रीबाट रु.६.५१ करोड आम्दानी गरेको छ।

कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाको बीचमा ९.७ मे.वा. क्षमताको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना सम्पन्न गरि २०८० साल चैत्र महिनादेखि व्यवसायीक उत्पादन गर्दै आएको छ। यस आयोजनाबाट वार्षिक ६.५८ करोड युनिट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ।

त्यस्तै , ईङवा हाईड्रोपावर लिमिटेडले व्यवसाय विस्तार गर्ने योजना अनुरुप कम्पनीको संचालनमा रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको विद्युतगृहबाट करिव ५०० मिटर डाउनस्ट्रीम तर्फ सा्ेही खोलाको पानी उपयोग गरी ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजनामा बहुमत शेयर लगानी गरी निर्माण गर्ने योजना कम्पनीको रहेको छ । कम्पनीले अन्य नयाँ आयोजनाहरु निर्माण गर्ने लक्ष्य लिएर काम गरिरहेको जानकारी साधारणसभामा दिएको छ।

१५औं साधारणसभा प्रयोजनका लागी कम्पनीले पुष १२ गते शेयरको दर्ता किताब बन्द (बुक क्लोज) गरेको थियो ।

The post ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    २५ पुष ,काठमाडौं । दुरसंचार  कम्पनी एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता पाएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ…

    Read more

    लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ५ प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार (२४ पुष ) मा सम्पन्न बैंकको…

    Read more

    Leave a Reply

    You Missed

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

    ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही