१९ साउनः,काठमाडौं । मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास’ सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठान, कमलादीमा हिजो भएको कार्यक्रममा अध्येताहरु अनुभव अजित, कैलाश राई, सञ्जय शर्मा, सविन निङलेखु र लेखक सुरेश ढकालले संयुक्त रुपमा किताब विमोचन गरेका हुन ।
‘इतिहास अघिको इतिहास’ किताब सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त रहेको लेखक ढकालले बताए । कार्यक्रममा अनुभव अजीतले महिलाको नलेखिएको र लुकाइएको इतिहास पनि किताबले बुझ्न सघाउने उल्लेख गरिन ।
कैलाश राईले किताबले रोचक शैलीमा प्रागैतिहासिक कालको समय र मान्छेको कथा बुझाउने बताए । सविन निङलेखुले नेपाली सभ्यता र प्रागैतिहासिक काल बुझ्न किताब विशिष्ट सन्दर्भ सामग्री बन्न सक्ने बिचार राखे ।
यस्तै सञ्जय शर्माले किताबले आगो आविष्कारदेखि पाङ्ग्राको आविष्कारसम्मको इतिहास र इतिहासको राजनीतिमाथि गम्भीर विमर्श गर्ने उल्लेख गरे । यो किताब इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
The post ‘इतिहासअघिको इतिहास’ सार्वजनिक first appeared on Khabar Breaking.