आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

२१ असोज , काठमाडौं । आशुतोष ईनर्जी लिमिटेडको असोज २० गते सोमबार सम्पन्न सातौ वार्षिक साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५.२६३% ले हुने रकम रु. २,५२,६३,१५७.९०/- नगद लाभांश प्रदान गरेको छ।

कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको उक्त साधारणसभाले समीक्षा आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब लगायतका विषय र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गरेको छ।

हाल कम्पनीले लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका र गोर्खाको अजिरकोट गाउँपालिकाको बीचबाट बग्ने चेपेखोलामा ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना सम्पन्न गरि मिति २०७८ साल , फागुन महिनाबाट व्यवसायीक उत्पादन गर्दै आएको छ।

आयोजनाबाट उत्पादीत विद्युत् लमजुङ जिल्लाको किर्तिपुर–उदीपुर–मार्कीचोक सबस्टेसन हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रिय प्रसारण लाइनमा जाडिनुपर्ने हो । तर, लाइन निर्माणमा प्राविधिक कारणले ढिलाई भएकोले आयोजनाको उत्पादीत विद्युत् प्राधिकरणकै मध्य मस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डमा अवस्थित १३२ केभीको ‘वे’ जोडि विद्युत् बिक्री भइरहेको छ ।

उक्त बैकल्पिक योजनाका कारण कम्पनीले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा क्रमशः ५ करोड ७५ लाख र ८ करोड ८२ लाख गरी १४ करोड ५७ लाख रुपैयाँ नोक्सानी बेहोरेकोअध्यक्ष कार्कीले बताए ।

The post आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 14 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views