शनिबार (२९ मंसिर ) सम्पन्न नाफिजको निर्वाचनमा कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको उपाध्यक्ष रहेकी थिइन । नाफिज कार्यसमिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरी १० सदस्य निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारी र विजय दमासे थिए ।
त्यस्तै , महासचिवमा निकेश खत्री विजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन ढुंगाना पराजित भएका हुन् । सचिवमा भने राजाराम न्यौपानेले चेतनारायण पाण्डेलाई हराउँदै विजयी भए । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले भोला देवकोटा (परिवर्तन) लाई हराएका हुन् ।
त्यस्तै ,सदस्यमा अनिस मिजार, अनुप आचार्य, चित्रराज भण्डारी र शुक्र गिरी विजयी भएका छन् । नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ । उक्त निर्वाचन समितिका संयोजक कपिलदेव ढकाल रहेका थिए।
The post आर्थिक पत्रकार संघमा मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति first appeared on Khabar Breaking.