आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति

 

,

काठमाण्डौं, मंसिर २९गते । नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ देखि आन्दोलनरत विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् । आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो । सहमति अनुसार १५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको निःशुल्क उपचार गर्ने सहमति पनि भएको छ । पुनः परीक्षणको शुल्क भने सम्बन्धित क्याम्पसले तिर्ने गरी सहमति गरिएको आन्दोलनरत विद्यार्थीले बताएका छन् ।

कानुन संकायका विद्यार्थीहरूले निकै न्यून अंक आएको भन्दै पुनः परीक्षणको माग गरेका थिए । केफ र पश्चिमाञ्चल क्याम्पसले आफ्ना विद्यार्थीको शुल्क तिरिदिन लागेको छ । गण्डकीका ७ वटा क्याम्पसबाट पहिलो पटक कानुन विषयको पढाई थालिएको हो । परीक्षा दिएका २ सय विद्यार्थीकै नतिजा अप्रत्याशित आएको विद्यार्थीहरूको गुनासो छ ।

प्रदेश परीक्षा व्यवस्थापन बोर्डले भने नतिजाबारे जानकारी नभएको भन्दै पन्छिँदै आएको छ । कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठले समन्वय गरेर समस्या समाधानमा लाग्ने बताए ।

  • Related Posts

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै पुनः राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समितिको चयन  गरेको छ। संस्थाका अध्यक्ष घिमिरेको सभापतित्वमा…

    Read more

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    ८ पुष ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार  विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संयुक्त अधिराज्यका लागि नवनियुक्त…

    Read more

    You Missed

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 0 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 0 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 0 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 8 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views