आठ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

१९ असोज, काठमाडौं । आठ किलो सुनसहित हेटौंडाबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर जाँच गर्दा उक्त सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम आर्यालले जानकारी दिनु भयो ।

पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षका अभिषेक अजिनाथ कुटी र २७ वर्षका राहुल भिट्टीहाल हुन । आज बिहान ३ बजे विशेष सूचनाको आधारमा प्रहरीले उक्त स्कुटर जाँच गरेको थियो ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भइरहेको डीएसपी अर्यालले जानकारी दिनु भयो ।

The post आठ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 20 views