२१ साउन, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।त्यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कायव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नेछन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कमार चौरसियाले नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गर्नेछन्।
त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।
The post आज प्रतिनिधि सभाको बैठक बस्दै first appeared on Khabar Breaking.