आज पनि दसैँको टीका लगाईँदै

२७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा छैन। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ।

आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ। ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रुपमा लिने गरिन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि बडादसैँ सकिन्छ।

The post आज पनि दसैँको टीका लगाईँदै first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 14 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views