२७ कात्तिक,काठमाडौँ । आजबाट कतार एयरवेजले पनि दोहाबाट काठमाडौं र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारले दैनिक एक उडान दोहा–काठमाडौं–भैरहवा रुटमा गर्ने गरी अनुमति लिएको छ ।
दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । भैरहवाबाट यसभन्दा पहिला नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् । कतार एयरवेजले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्ने स्रोतले बताएको छ । विमानस्थल मर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो ।
The post आजबाट कतार एयरवेजले भैरहवाबाट दैनिक उडान भर्ने first appeared on Khabar Breaking.