
आजदेखि नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन सुरु, अध्यक्षमा तिन जनाको दाबी
३० माघ, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे महाधिवेशन उद्घाटन गर्नुहुने छ । उद्घाटन पछि आजैबाट बन्दसत्र सुरु हुने र विभिन्न प्रतिवेदनहरु पास गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु हुने छ ।
यो अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदमा रेवन्त गौतम, भवानी न्यौपाने दाहाल र प्रभास साह प्रमुख दाबेदार हुनुहुन्छ । दाहाल, गौतम र साह तिनै जना हाल संगठनका उपाध्यक्ष हुनुहुन्छ । यो नेकपा एमाले निकट कर्मचारी संगठन हो ।