फाइल फोटो
२६असार, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता रोक्नका लागि कांग्रेस र एमाले मिलेको बताएका छन । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले सङ्घीय सरकारमा पनि अनावश्यक मोलमोलाइ भइरहेको र यसको असरले प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, मोलमोलाइ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रम बढेकाले त्यसलाई रोक्न एमाले र कांग्रेस मिलेको बताए ।
बैठकमा कांग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेशबारे जानकारी गराउँदै उनले एमाले र नेपाली कांग्रेस मिल्दा अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको दाबी गरे ।
The post अस्थिरता रोक्नका लागी कांग्रेससँग मिल्यौँः ओली first appeared on Khabar Breaking.