१८ असार मोरङ । कानेपोखरी गाउँपालिका ५ पुरानो भैसाबारी बस्ने ३२ वर्षीय भक्त बहादुर अधिकारी र उनकै श्रीमती ३० वर्षीया बिमला कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी रमाईलोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका(१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १६ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका(६ बस्ने २८ वर्षीय सन्दिप मगर र ३२ वर्षीय सबिन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
The post अवैध लागूऔषध सहित चार जना पक्राउ first appeared on Khabar Breaking.