अरुण काबेली पावर लिमिटेडले आगामी वर्ष लाभांश प्रदान गर्ने

४ कार्तिक , काठमाडौं । अरुण काबेली पावर लिमिटेडको चौधौं वार्षिक साधारणसभाले काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको ३७.६० मेगावाटको काबेली-ए जलविद्युत आयोजनाको शेयरमा गरेको लगानी अनुमोदन गरेको छ। कम्पनीले समीक्षा आर्थिक वर्ष २०८०/८१ शेयरधनीहरुलाई निष्कासन गरेको १:१ हकप्रद शेयरबाट प्राप्त रकम मध्य रु. १२० करोड काबेली-ए जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता गरेको छ। यस आयोजनाको भौतिक निर्माण २०८१ असोज १५ सम्ममा ५३ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा आइतबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित टिप्पणीहरूसमेत पारित गरेको छ ।

अरुण काबेली पावर लिमिटेडले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ जिल्ला बीच भई बग्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी-१ जलविद्युत परियोजना निर्माण सम्पन्न गरी मिति २०७६ कार्तिक बाट व्यवसायीक उत्पादन गरिरहेको छ। अविरल वर्षातपछि आएको बाढीले २०८० असारमा परियोजनाको बाँध र पेनस्टक पाईप लाईनमा क्षति पुगेको कारण करिब सात महिना विद्युत उत्पादन अवरुद्ध हुन पुगेको सभामा जानकारी दिइएको थियो। समीक्षा आर्थिक वर्षमा विद्युत बिक्रीबाट रु. १९ करोड ६७ लाख प्राप्त गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष न्यौपानेले दुवै आयोजनाको संचालनबाट शेयरधनिहरुलाई आगामी वर्ष लाभांश प्रदान गर्ने विश्वास व्यक्त गरे। जलविद्युत आयोजनालाई नाफादायी बनाउनका लागि बहुउद्देश्यीय योजना अनुसार परियोजना स्थलम कफी खेती , तरकारी खेती,फलफूल खेती , वस्तुपालन लगायतका व्यवस्था गरेर आम्दानी वृद्धि गरिएको उनले बताए ।

The post अरुण काबेली पावर लिमिटेडले आगामी वर्ष लाभांश प्रदान गर्ने first appeared on Khabar Breaking.

  • Related Posts

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

      १८ पुष,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

      १८ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने…

    Read more

    Leave a Reply

    You Missed

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 7 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 7 views

    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    • By
    • January 2, 2025
    • 7 views
    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना

    • By
    • January 2, 2025
    • 7 views

    सुनचाँदीको मूल्य बढ्यो

    • By
    • January 2, 2025
    • 3 views

    माओवादी स्थायी कमिटी बैठक बस्दै

    • By
    • January 2, 2025
    • 8 views