अमेरिकामा भोलि थ्यांक्स गिभिंग (Thanks Giving) यो हप्ता लंग विकेन्ड

अमेरिकामा भोलि थ्यांक्स गिभिंग (Thanks Giving) यो हप्ता लंग विकेन्ड

अमेरिकामा हरेक वर्ष नवेम्वरको चौथो बिहीवार मनाईने थ्यांक्स गिभिंग पर्व यस वर्ष नोवेम्वर २५ भोलि हर्षोल्लताका साथ मनाईदै छ। धन्यवाद दिवस (थ्यांक्स गिभिंग) संयुक्त राज्य अमेरिकामा संघीय बिदा हो| अमेरिकन सरकारी अनि प्राइभेट कम्पनीका कार्यालयहरूमा लामो विकेन्ड (बिहिबार, सुक्रबार, सनिबार, आइतबार ) बिदा हुदै छ। यो पर्बले गर्दा अमेरिकी आन्तरिक हवाई यात्रामा चाप बढ्दै छ। सडक सवारीहरूमा जाम बढ्दै छ। खाद्य स्टोरहरूमा मानिसहरु खानपानका सामानहरु किन्नको लागि लामो लाइन देख्न सकिन्छ।

iStock 1278088432 AMERICA KHABAR November 24, 2021
source: FOX Media

यस भोजमा परम्परागत रूपमा अमेरीकामा पाइने खाना तथा परिकारहरू, जस्तै टर्की, आलु, भटमास, स्क्वाश, मकै, हरियो सिमि, क्रानबेरी र कद्दूको पाई हुन्छ। अन्य धन्यवादका प्रचलनहरूमा गरिबहरूका लागि धन्यवादको रात्रिभोज दिने, धार्मिक सभाहरूमा उपस्थित हुने, परेड हेर्ने र फुटबल खेलहरू हेर्ने परोपकारी संगठनहरू पर्छन्।

Presentation1 AMERICA KHABAR November 24, 2021
Thanksgiving Typical Meal in USA, source: wikipedia

अमेरिकी संस्कृतिमा क्रिसमस र नयाँ वर्ष समावेश भएको झर्ने–हिउँदे बिदा को शुरुवात मानिन्छ।ईष्ट मित्र नाता कुटुम्बहरू बीचको भेटघाट जमघट तीब्र गतिमा बढ्दै छ। अमेरिकामा मात्र हैन विश्वका अन्य मुलुकहरू क्यानडा,ग्रेनेडा, सेन्ट लुसिया, जर्मनी, जापानमा पनि यस्तै पर्व मनाईन्छ तर फरक फरक मितिमा।

यो पर्वको धार्मिक, सांस्कृतिक र आर्थिक महत्व रहेको पाईन्छ, यो पर्वलाई निरपेक्ष पर्वको रूपमा मनाईन्छ, यो पर्वको ईतिहांस हेर्दै जादा जब बेलायतीहरू अमेरिका प्रवेश गरे त्यो संगै यो पर्व आएको देखिन्छ।सन् १६२१ मा अमेरिकाका आदिवासीहरू र उपनिवेशका लागि आएका बेलायती बीच शरद ऋतुका बालीनालीका विषयमा भएको अवधारणालाई लिएर धन्यवाद आदानप्रदान भएको सन्दर्भलाई यो पर्व संग जोडेर हेर्ने गरिएको पाईन्छ। त्यसै गरी पुरानो पुस्ताबाट नयां पुस्तालाई आशिर्वाद दिने पर्वको रूपमा पनि यसलाई मान्ने गरिएको पाईन्छ। यो पर्वमा वन जंगल पनि रंगीन हुन्छ र लगत्तै पातहरू खसेर रंगीन र हरियाली वातावरण सकिएर हिमपातको संकेत देखिन्छ। अमेरिका पनि नेपालीको दशै तिहार लगतै पर्वमय हुदै जान्छ।

यसै गरि अमेरिकामा बस्ने नेपालीहरुले पनि THNANKSGIVING पर्ब हर्सोल्लास को साथ् साथीभाई संग रमाइलो गरेर मनाउदै छन्। धेरै नेपालीहरुले खसीको मासु मन पराए पनि THANKSGIVING मा टर्की को मासु खाने चलन छ ।

References:

https://a57.foxnews.com/static.foxnews.com/foxnews.com/content/uploads/2021/10/640/320/iStock-1278088432.jpg?ve=1&tl=1

अमेरिका खबर इडिटरियल

America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

Related Posts

सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

७ पुष ,काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । आइतबार (६ पुष ) सिंहदरबारमा बसेको अर्थ…

Read more

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

Read more

You Missed

सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

  • By
  • December 23, 2024
  • 7 views

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

  • By
  • December 22, 2024
  • 10 views

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

  • By
  • December 22, 2024
  • 12 views

आज सुनचाँदीको मूल्य बढ्यो

  • By
  • December 22, 2024
  • 11 views

एमालेले बोलायो सचिवालय बैठक

  • By
  • December 22, 2024
  • 9 views

नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

  • By
  • December 21, 2024
  • 12 views
नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार