अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ अमेरिकाद्वारा ३.२५ अर्बको फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री कार्यक्रमको शुभारम्भ U.S. Embassy Kathmandu on December 1, 2023 at 9:46 am

अमेरिकाद्वारा ३.२५ अर्बको फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री कार्यक्रमको शुभारम्भ

काठमाडौँ, नेपाल – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले आज ‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री’ नामक नयाँ कार्यक्रमको को संयुक्त रूपमा शुभारम्भ गरेका छन् । करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामाग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्नेछ ।

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेस प्रदेशका गरी १६ जिल्लामा सञ्चालन हुने उक्त पञ्चवर्षीय कार्यक्रम चार अत्यावश्यक कृषि सामाग्रीहरू – बीउ, मल, सिँचाइ र कृषि यान्त्रीकरण – मा केन्द्रित हुनेछ।

“आर्थिक वृद्धि र समृद्धिको पथमा युएसएआइडी लामो समयदेखिको साझेदार हो र वैश्विक खाद्य सुरक्षा रणनीति अन्तर्गतको ‘फिड द फ्युचर’ पहलमा नेपाल प्राथमिकताप्राप्त मुलुक रहेको छ,” शुभारम्भ कार्यक्रममा बोल्दै युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरले भन्नुभयो । “आज यस अवसरको शुभारम्भ गर्न पाउँदा म उत्साहित छु किनकि यसको लक्ष्य उत्पादकत्व वृद्धि गर्नु मात्र होइन; यो त साना किसानलाई सबल बनाउन, गरिबी घटाउन र ग्रामीण आय बढाउनका लागि हो । नेपाली जनतालाई लाभ पुर्‍याउने समावेशी विकास मोडेलको सृजना गर्नका लागि हो । साथै, रोजगारी सृजना गर्न, आर्थिक विकासलाई उत्प्रेरित गर्न र स्थानीय समुदायहरूका जीवनमा सार्थक परिवर्तन ल्याउनका लागि हो ।”

यस कार्यक्रमले आधुनिक कृषि सामाग्री तथा प्रविधिमा पहुँच अभिवृद्धि गराई दुई लाखभन्दा बढी कृषक र उनीहरूका परिवारलाई लाभान्वित गर्ने अपेक्षा राखिएको छ । यसले उत्पादकत्व र आय वृद्धि गरी नेपालमा गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा सुधार गर्नेछ।

###

The post अमेरिकाद्वारा ३.२५ अर्बको फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री कार्यक्रमको शुभारम्भ appeared first on नेपालस्थित अमेरिकी दूतावास.

 

​The post अमेरिकाद्वारा ३.२५ अर्बको फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री कार्यक्रमको शुभारम्भ appeared first on नेपालस्थित अमेरिकी दूतावास.  समाचार नेपालस्थित अमेरिकी दूतावासRead More

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा U.S. Embassy Kathmandu on March 4, 2024 at 2:29 am

    युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा काठमाडौँ, नेपाल – आज अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित…

    Read more

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा U.S. Embassy Kathmandu on February 8, 2024 at 5:58 am

    युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा काठमाडौँ, नेपाल – अमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३…

    Read more

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 6 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 6 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 6 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 6 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 9 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 11 views