अमेरिकी विदेशमन्त्री ब्लिन्केन र युएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व द
संयुक्त राष्ट्रसंघको महासभामा घोषणा गरिएका नयाँ प्रतिबद्धताहरूले सरकारी सुधारका प्रयासहरूलाई सहयोग गर्ने र युएसएआईडीको डेमोक्रेसी डेलिभर्स कार्यक्रमको एक हिस्साका रूपमा सार्वजनिक सेवाहरूमा सुधारलाई सहजीकरण गर्ने
काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा बुधवार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को “डेमोक्रेसी डेलिभर्स” कार्यक्रममा विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युएसएआईडी प्रशासक सामन्था पावरले फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा नेपाल लगायत लोकतान्त्रिक रूपान्तरणको अनुभव गरिरहेका अन्य मुलुकमा लगानी गर्ने सम्बन्धमा परोपकारी तथा निजी क्षेत्रका साझेदारहरूसँग बैठक गर्नुभएको छ ।
उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनुभयो । साथै युएसएआईडीको डेमोक्रेसी डेलिभर्स इनिसिएटिभबाट सहयोगप्राप्त देशहरूको पहिलो समूहको नेतृत्वको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा युएसएआईडीले अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि नेपालले २० लाख अमेरिकी डलर प्राप्त गर्ने घोषणा गर्यो ।
लोकतान्त्रिक विकासका लागि युएसएआईडीको साझेदारी कार्यक्रममार्फत युएसएआईडी/नेपालले नेपालका लोकतान्त्रिक सुधारकर्ताहरूसँगको आफ्नो साझेदारीलाई प्रगाढ बनाउने र आधारभूत सुधारहरू अगाडि बढाउन समाजका सबै पक्षबाट सरोकारवालाहरूलाई भेला गर्ने उनीहरूको प्रयासमा सहयोग गर्ने उद्देश्यका लागि लचिलो, बहु-वर्षीय आर्थिक सहायता उपलब्ध गराउन हालै ६९ लाख अमेरिकी डलर प्राप्त गरेको छ ।
युएसएआईडी/नेपालका कार्यवाहक निर्देशक केरेन वेल्चले भन्नुभयो, “स्थानीय सुशासनलाई बलियो बनाउन र आफ्ना नागरिकका लागि सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नेपालको जारी प्रयाससँग मेल खाने गरी अतिरिक्त स्रोतलाई लगानी गरिनेछ ।”
The post अमेरिकी विदेशमन्त्री ब्लिन्केन र युएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व दिदै अमेरिका तथा प्रमुख परोपकारी संस्थाहरूबाट नयाँ प्रतिबद्धता घोषणा appeared first on नेपालस्थित अमेरिकी दूतावास.
The post अमेरिकी विदेशमन्त्री ब्लिन्केन र युएसएआईडी प्रशासक पावरद्वारा नेपालको लोकतान्त्रिक प्रगति र सुधारलाई महत्त्व दिदै अमेरिका तथा प्रमुख परोपकारी संस्थाहरूबाट नयाँ प्रतिबद्धता घोषणा appeared first on नेपालस्थित अमेरिकी दूतावास. मन्तव्य तथा वक्तव्यहरू, समाचार नेपालस्थित अमेरिकी दूतावासRead More